मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजाको हवाई आक्रमणमा आतंकवादी कमान्डरहरू मारिएको इजरायलको दाबी

बुधबार, १२ कात्तिक २०८२, २० : ५१
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • इजरायली सेनाका अनुसार गाजापट्टीमा गरिएको हवाई आक्रमणमा कैयौं आतंकवादी कमान्डरहरू मारिएका छन्।
  • आक्रमणमा तीन बटालियन कमान्डर, दुई उप बटालियन कमान्डर र १६ कम्पनी कमान्डरसहित कैयौं आतंककारी मारिएको बताइएको छ।
  • हमासले इजरायली सेनाको आक्रमणमा १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।

तेल अभिभ । मंगलबार गाजापट्टीमा गरिएको हवाई आक्रमणमा कैयौं आतंकवादी कमान्डरहरू मारिएको इजरायली सेनाले दाबी गरेको छ ।

माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै आईडीएफले यस्तो भनेको हो । आक्रमणमा मारिनेहरूमा तीन बटालियन कमान्डर, दुई उप बटालियन कमान्डर र १६ कम्पनी कमान्डरसहित कैयौं प्रमुख आतंककारीहरू भएको पोष्टमा उल्लेख गरिएको छ । 

विज्ञप्तिका अनुसार हवाई आक्रमणमा निगरानी गर्ने चौकी, हतियार उत्पादन डिपो, लञ्च पोस्ट, भूमिगत सुरुङ र मोर्टार फायरिङ पोजिसनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा अक्टोबर ७ को नरसंहारमा संलग्न आतंककारीहरू मारिएको बताइएको छ ।

मर्नेमा नुख्बा प्लाटुन कमान्डर मोहम्मद इसा, नुख्बा आतंकवादी सेल कमान्डर फवाज उवैदा, नुख्बा कम्पनी कमान्डर हतेम माहेर मुसा कुदरा, मुजाहिदीन आतंकवादी संगठनका सदस्य मोहम्मद अबु शरिया र निदाल अबु शरिया रहेको आईडीएफको दाबी छ । 

यद्यपि इजरायलले गरेको आक्रमणमा १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको हमासको दाबी छ । मर्नेमा ४६ बालबालिका र २० महिलाहरू समेत रहेको र अरु २५० जना घाइते भएको भनिएको छ । हमासले इजरायली सेनालाई निशाना बनाएर आक्रमण गरेपछि सोको जवाफमा आफ्नो सेनाले कारबाही गरेको इजरायलले भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप