शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टोखा र बर्दियामा १७ लाखभन्दा बढीको धनमालसहित गरगहना चोरी

बिहीबार, १३ कात्तिक २०८२, १२ : ५७
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • काठमाडौं र बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा लाखौंको धनमाल चोरी भएको छ।
  • काठमाडौंको टोखामा एक व्यक्तिको घरबाट १७ लाख बढीको सुन, चाँदी र इलेक्ट्रोनिक्स सामान चोरी भयो।
  • बर्दियामा एक व्यक्तिको घरबाट सुनका गरगहना चोरी भएको छ, प्रहरीले अनुसन्धान गर्दैछ।

काठमाडौँ । राजधानी काठमाडौँ र बर्दियामा गरी दुई छुट्टाछुट्टै घटनामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौँमा १७ लाख बढीको चोरी काठमाडौँको टोखा नगरपालिका-३, मेघासिटी हाइट बस्ने ४२ वर्षीय हरि बहादुर खड्काको घरबाट बुधबार दिउँसो करिब १७ लाख ९० हजार ७ सय ७५ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरहरूले उनको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना, २ थान ल्यापटप र ३ थान मोबाइल फोन चोरी गरेका हुन्।

बर्दियामा गरगहना चोरी यसैगरी, बर्दियाको बारबर्दिया नगरपालिका-५, बर्दिया टोल बस्ने ५९ वर्षीय गौरी शंकर थारूको घरबाट पनि बुधबार दिउँसो करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको छ।

प्रहरीले दुवै चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप