कार्यवाहक सभापति खड्कासमक्ष महामन्त्री विश्वप्रकाशको चार विकल्प प्रस्ताव
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापतिसमक्ष महाधिवेशनबारे चार विकल्प प्रस्ताव गरे।
- पहिलो विकल्पमा मंसिर २७-२९ को कार्यतालिका प्रस्तुत गर्न, दोस्रोमा विशेष महाधिवेशन बोलाउन प्रस्ताव छ।
- तेस्रोमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग सम्बोधन गर्ने र चौथोमा नियमित महाधिवेशनको प्रस्ताव छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष महाधिवेशनबारे चार वटा विकल्प प्रस्ताव गरेका छन् । पार्टीभित्र नियमित या विशेष महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि बुधवार बिहान खड्कालाई शर्माले चार विकल्प प्रस्ताव गरेका हुन् ।
१. पहिलो विकल्प : कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौँ ।
२. दोस्रो विकल्प : विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७(२) बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ भनेर उल्लेखित दफा बमोजिम बोलाऊँ ।
३. तेस्रो विकल्पः विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै विशेष महाधिवेशन गरौँ ।
४. चौथो विकल्प : थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ । त्यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ ।
पुस १६ गते जननायक बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएको महाधिवेशन गर्न उपयुक्त हुने उनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण