मेची राजमार्गको राजदुवाली र शिल्पुर खण्डमा सवारी सञ्चालनमा रोक
शुक्रबार, १४ कात्तिक २०८२, ०८ : ५३
सारांश
- इलाम जिल्लाको मेची राजमार्गको राजदुवाली सडकखण्ड वर्षाका कारण अवरुद्ध भएको छ।
- जिल्लाको तिल्केनी-सिमलगोलाई-शिल्पुर सडक खण्डमा पहिरो जाँदा यातायात बन्द भएको छ।
- जिल्ला प्रशासन कार्यालय इलामका अनुसार अर्को सूचना नआएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
काठमाडौँ । निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
साथै तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी दिएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण