अफगानिस्तान र पाकिस्तान युद्धविराम जारी राख्न सहमत
सारांश
- अफगानिस्तान र पाकिस्तानबीच इस्तानबुलमा युद्धविराम कायम राख्न उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भए।
- टर्की र कतारको मध्यस्थतामा भएको बैठकले युद्धविरामलाई सुदृढ पार्ने निर्णय गरेको छ।
- दुवै देशका प्रतिनिधिहरू आगामी बैठकमा युद्धविराम कार्यान्वयनका विधिहरूमा छलफल गर्न सहमत भएका छन्।
इस्तानबुल । अफगानिस्तान र पाकिस्तान बिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् । टर्की र कतारको मध्यस्थतामा उनीहरुले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा श्रृङ्खलाबद्ध बैठक गरेका थिए ।
टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य अक्टोबर १८–१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबिचको युद्धविरामलाई सुदृढ पार्नु रहेको जनाइएको छ । परिणाम स्वरुप दवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी नोभेम्बर– ६ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूबारे छलफल गरी निर्णय गरिने समेत जनाइएको छ । विज्ञप्तिमा सबै पक्षहरू प्रमाणिकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ ।
सहमती पछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबिचको बढ्दो तनावको पछि भएको थियो । पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबिचको वार्ताका क्रममासमेत मध्यस्थकर्ताको रूपमा काम गरेको डनले जनाएको छ । डनले रिपोर्ट गरेअनुसार, पाकिस्तानले तालिबानलाई “आतङ्कवादी समूहहरूलाई पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न“ बारम्बार आग्रह गरेको छ, भने तालिबानले आरोपलाई अस्वीकार गरेको छ ।
अक्टोबर– ११ को घटनापछि सीमामा धेरै झडपहरू भएका छन् भने पाकिस्तानी आक्रमणले ‘अफगानिस्तानका शिविरहरू लाई लक्षित गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण