कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बोलाए विशेष भेला
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला बोलाइएको छ।
- विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकाहरूले नयाँ बानेश्वरमा भेला बोलाएका छन्।
- युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २,४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला आह्वान भएको छ । विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेकाहरूले आइतबार विशेष भेला बोलाएका हुन् ।
आइतबार साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षर गरेकाहरूको भेला बोलाइएको हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यले जानकारी दिए । ‘सल्लाह गर्नका लागि हस्ताक्षर गर्नेहरूको भेला बोलाएका छौँ,’ आचार्यले रातोपाटीसँग भने– ‘हामीले हस्ताक्षर बुझाएको लामो समयसम्म पनि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा नबनेपछि दबाब दिन र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन भेला बोलाएका हौँ ।’
कांग्रेस युवा नेता नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । त्यो जानकारी खड्काले केन्द्रीय समिति बैठकमा गराए पनि एजेन्डाका रूपमा प्रवेश गराएका छैनन् ।
एजेन्डाको रूपमा आफूहरूको विशेष महाधिवेशन माग सहितको हस्ताक्षर केन्द्रीय समितिमा प्रवेश नगरेपछि दबाबका लागि अभियानले भेला बोलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण