नेपालमा पहिलोपटक हरर फिल्म महोत्सव, कस्ता छन् सहभागी फिल्म ?
सारांश
- काठमाडौँमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ, जसको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्षले गरे।
- महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछन्, जसमा उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिनेछ।
- महोत्सवको आयोजना नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गरेको हो, जसले नेपाली फिल्म क्षेत्रमा नयाँ विधाको सुरुवात गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले गरे ।
कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले नेपाली चलचित्र उद्योगको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा ढोका खोल्ने काम महोत्सवहरूले गरिरहेको बताए । उनले सरकारी तवरबाट हुनुपर्ने महोत्सव व्यक्तिगत रूपले चलचित्रकर्मीहरूले गरेको देख्दा खुसी लागेको धारणा राखे ।
महोत्सवको आयोजना नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘काठमाडौँ हरर फिल्म महोत्सव २०२५’ आयोजना गरेर रचनात्मक यात्राको सुरुवात गरेको बताए । उनले कल्पना, कथा वाचन र फिल्मको विश्वव्यापी भाषालाई महोत्सव उत्सवको रूपमा लिनुपर्ने धारणा राखे ।
_OIbQNyKcIX.jpg)
‘यो उत्सव केवल डर र रहस्यको कथा देखाउने मात्र होइन,’ पुरीले भने– ‘यो नेपाली फिल्मका क्षेत्रका लागि नयाँ सोच, नयाँ विधा र नयाँ दृष्टिकोणको आरम्भ पनि हो ।’ उनले हाम्रो समाजका कथा, संस्कृतिका आयाम र मानिसका भावना महोत्सवमार्फत विश्व मञ्चमा पुर्याउने साझा उद्देश्य रहेको सुनाए ।
‘हरर भन्ने विधा केवल त्रास उत्पन्न गर्ने मात्र होइन । यो मानवीय संवेदना, मनोविज्ञान र आत्मचिन्तनको गहिरो आवाज पनि हो,’ उनले थपे– ‘यसले हामीलाई हाम्रो डर मात्र होइन, हाम्रो अस्तित्व र चेतनासँग जुध्न पनि सिकाउँछ ।’
कार्यक्रममा वरिष्ठ निर्देशक तुलसी घिमिरेले महोत्सवको महत्वको विषयमा प्रकाश पारेका थिए । ‘हेलोविन डे’ को अवसर पारेर सुरु भएको महोत्सव नोभेम्बर २ (१६ कात्तिक) सम्म चल्नेछ । महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछन् ।
_btJSFG0L6c.jpg)
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार विश्वभरबाट प्राप्त १०० भन्दा बढी फिल्ममध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताको आधारमा यी फिल्महरू छनोट गरिएको हो । फिल्मको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्री वेमार्फत गरिएको थियो ।
महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवको सुरुवात मिखाइल मज्र्लिकिन निर्देशित फिल्म ‘शमन’बाट भएको छ । महोत्सवको निर्णायक मण्डलमा फोटोग्राफर राजभाइ सुवाल, फिल्म समीक्षक होसाम फाह्मी, र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन् ।
यस्ता छन् सहभागी फिल्म-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण