शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
हरिबोधिनी एकादशीका अवसरमा चाँगुनारायणमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)
फोटो फिचर

हरिबोधिनी एकादशीका अवसरमा चाँगुनारायणमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)

शनिबार, १५ कात्तिक २०८२

काठमाडौँ ।  आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

03-Chagunarayan_Ekadashi_ (12)

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

02-Chagunarayan_Ekadashi_ (13)

आजका दिन विशेष गरी काठमाडौँ उपत्यकाको चाँगुनारायण, ईचाँगुनारायण, शेषनारायण, विसंखुनारायण र बुढानीलकण्ठमा मेला लाग्ने गर्दछ ।

04-Chagunarayan_Ekadashi_ (11)

तस्बिरमा चाँगुनारायण मन्दिरमा झरीको समयमा पनि दर्शनका लागि श्रद्धालुहरूको भीड । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

05-Chagunarayan_Ekadashi_ (10)06-Chagunarayan_Ekadashi_ (9)07-Chagunarayan_Ekadashi_ (8)08-Chagunarayan_Ekadashi_ (7)09-Chagunarayan_Ekadashi_ (6)10-Chagunarayan_Ekadashi_ (5)11-Chagunarayan_Ekadashi_ (4)12-Chagunarayan_Ekadashi_ (3)13-Chagunarayan_Ekadashi_ (2)14-Chagunarayan_Ekadashi_ (1)15-DSC0762716-Chagunarayan_Ekadashi_

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया