बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
हरिबोधिनी एकादशी : फूलको डोलीसहित बागमतीमा टाँगियो तोरण
फोटोफिचर

हरिबोधिनी एकादशी : फूलको डोलीसहित बागमतीमा टाँगियो तोरण

शनिबार, १५ कात्तिक २०८२

काठमाडौँ । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ। हरेक वर्ष यस दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा छ।

Pasupati_Ekadashi_ (1)

यो एकादशीलाई प्रबोधिनी एकादशी पनि भनिन्छ। हिन्दु धर्मअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

Pasupati_Ekadashi_ (2)

एकादशीको दुई दिनअघिदेखि चोखो बसेका भक्तजनहरूले एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र बेलुका सत्यनारायणको पूजा गर्ने चलन छ। आज एकादशीको दिनमा भने डोरीमा बेल, पीपल, सयपत्री लगायतका विभिन्न फूलहरू उनेर त्यसलाई डोलीमा हाली नदी तार्ने परम्परा छ।

Pasupati_Ekadashi_ (3)

यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मरेपछि वैतरणी नदी तर्न सकिने जनविश्वास रहँदै आएको छ।

Pasupati_Ekadashi_ (4)Pasupati_Ekadashi_ (5)Pasupati_Ekadashi_ (6)Pasupati_Ekadashi_ (7)Pasupati_Ekadashi_ (8)Pasupati_Ekadashi_ (9)Pasupati_Ekadashi_ (10)Pasupati_Ekadashi_ (11)Pasupati_Ekadashi_ (12)Pasupati_Ekadashi_ (13)Pasupati_Ekadashi_ (14)Pasupati_Ekadashi_ (15)Pasupati_Ekadashi_ (16)Pasupati_Ekadashi_

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया