रेल्वे कम्पनीको प्रबन्ध सञ्चालक नियुक्तिका लागि संक्षिप्त सूची प्रकाशित
सारांश
- भौतिक पूर्वाधार मन्त्रालयले नेपाल रेल्वे कम्पनीको प्रबन्ध सञ्चालक नियुक्तिका लागि संक्षिप्त सूची तयार गरेको छ।
- सूचीमा परिवेश पराजुली, बिन्दा खत्री, निरञ्जनकुमार झा र सूर्यप्रसाद उपाध्याय परेका छन्।
- उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता कात्तिक २४ र २६ गते हुनेछ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल रेल्वे कम्पनीको प्रबन्ध सञ्चालक नियुक्तिका लागि प्राप्त आवेदकको संक्षिप्त सूची तयार गरेको छ ।
मन्त्रालयले कात्तिक ८ गते सूचनामार्फत कम्पनीको प्रबन्ध सञ्चालनक नियुक्तिका लागि दरखास्त आह्वान गरिएकोमा दर्ता हुन आएका दरखास्तहरूमध्ये स्वीकृत कार्यविधिअनुसार मूल्याङ्कन बमोजिम वर्णाानुक्रमानुसार संक्षिप्त सूचिमा समावेश गरेको जनाएको छ ।
संक्षिप्त सूचीमा पर्नेमा विराटनगर महानगरपालिका–५ मोरङका परिवेश पराजुली, मागापौवा–३ दोलखाका बिन्दा खत्री, राजविराज नगरपालिका–१ सप्तरीका निरञ्जनकुमार झा र काठमाडौँ–२३ का सूर्यप्रसाद उपाध्याय संक्षिप्त सूचीमा समावेश भएको मन्त्रालयले जनाएको छ ।
यसमध्ये निरञ्जनकुमार झा पूर्व रेल्वे कम्पनीको प्रबन्ध सञ्चालक हुन् । उनको यस कम्पनीमा दुई कार्यकाल सकिसकेको छ । २०७८ भदौ ४ गते उनलाई कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्ति गरिएको थियो । २०८० भदौ १२ गते बसेको मन्त्रीपरिषद्ले उनलाई पुन नियुक्ति गरेको थियो । यसपछि उनको दोस्रो कार्यकाल २०८२ भदौ १२ गते सकिएको थियो ।
संक्षिप्त सूचीमा समावेश भएका उम्मेदवारलाई कात्तिक २४ गते सोमबारको १ बजेदेखि सञ्चालन हुने व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र २६ गते बुधवार १ बजेदेखि सञ्चालन हुने अन्तर्वाताको लागि मन्त्रालयमा उपस्थितिका लागि सूचना जारी गरेको छ ।
उक्त मिति र समयमा काबु बाहिरको परिस्थिति परी उपस्थित हुन नसक्ने अवस्था भएमा कारण सहित अनिवार्य रूपमा मन्त्रालयमा लिखित निवेदन दर्ता गराउन वा मन्त्रालयको इमेलमार्फत जानकारी गराएन सूचित गरेको छ ।
यस्तै प्रत्येक उम्मेदवारलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि बढीमा २० मिनेटको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण