फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो : गोकुल बाँस्कोटा
सारांश
- एमाले नेता गोकुल बाँस्कोटाले वामपन्थी एकताको प्रयासलाई 'वाहियात' भनेर टिप्पणी गरे।
- उनले वामपन्थी दलहरू 'नमिलेर पनि मिसिने' हिन्द र प्रशान्त महासागर जस्तै भएको बताए।
- बाँस्कोटाले एकताको नाममा 'ढोक्सामा परेको माछो' जस्तो हुनु नहुने विचार व्यक्त गरे।
काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालको वामपन्थी शक्तिबिच हुने गरेको एकताको प्रयासलाई ‘वाहियात’ भनेर टिप्पणी गरेका छन्। उनले फुटेपछि मात्र एकताको आवश्यकता सम्झनु गलत प्रवृत्ति रहेको भन्दै नेपाली वामपन्थीहरू यही प्रवृत्तिबाट ग्रसित भएको बताएका हुन्।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै वामपन्थी दलहरूलाई नमिलेर पनि मिसिने ‘हिन्द र प्रशान्त महासागर’ जस्तो प्रवृत्ति भएको उल्लेख गरेका छन्। यसको कारण उनले गहिराइको चाप र नेतृत्वको रापलाई मानेका छन्।
उनले फुटभन्दा जुट राम्रो हुने भए पनि एकताको नाममा ‘ढोक्सामा परेको माछो’ जस्तो हुनु नहुने बताएका छन्, जसलाई अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुनेछ।
यस्तो छ उनको भनाई :
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो ।तर नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्।मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता।कारण-गहिराइको चाप र नेतृत्वको राप।फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण