श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण
शनिबार, १५ कात्तिक २०८२, १४ : २७
सारांश
- श्री एयरलाइन्सको विमान धनगढीबाट काठमाडौंका लागि उडेको थियो, तर भैरहवामा आकस्मिक अवतरण गरियो।
- विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा अवतरण गरिएको हो, हाइड्रो लिक फेलियर भएको थियो।
- विमानमा चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् र उनीहरूलाई लिन काठमाडौँबाट अर्को विमान आउँदैछ।
बुटवल। धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । शनिबार विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।
धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ । जसका कारण करिब ४० मिनेट विमानस्थलमा उडान अवरुद्ध हुन पुगेको समेत विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् । अहिले उनीहरू विमानस्थलमै रहेका छन् । उनीहरूलाई लिन काठमाडौँबाट अर्को विमान आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण