आईसीसी विश्वकप लिग–२
दीपेन्द्र र करण चम्कँदा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य
शनिबार, १५ कात्तिक २०८२, १५ : ०२
सारांश
- दीपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट प्रदर्शनले नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दियो।
- नेपालले ४९ ओभर ५ बलमा २७१ रन बनायो, जसमा दीपेन्द्रले ७५ र करणले ४९ रन बनाए।
- अमेरिकाका लागि हर्मीत सिंहले ३ विकेट लिए भने नेपालका कुशल भुर्तेलले ४७ रन बनाए।
काठमाडौँ । दीपेन्द्र सिंह ऐरी र करण केसी चम्कँदा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ नेपालले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २७१ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रले ६७ बलमा २ चोका र ३ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै करण केसीले ४९ रनको योगदान गरे । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका कुशल भुर्तेलले ४७ रनको योगदान गर्दा भिम सार्कीले ३६ रन बनाए ।
अमेरिका लागि हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शौरव नेत्रभाल्कर र नेथ्सुज केन्जिले दुई दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रान्जेले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण