गायक राजु लामाले चढे ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड
शनिबार, १५ कात्तिक २०८२, १५ : १३
काठमाडौँ । गायक राजु लामाले ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरेका छन् ।
इन्डोनेसियाको यो पहाड ४ हजार ८८४ मिटर अग्लो छ । उनले यो २२ अक्टोबरमा आरोहण गरेका हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेका उनले चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए । त्यहाबाट उनले आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ र संगीतलाई माया गर्ने प्रशंसकलाई सम्झिए ।
केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी अहिले ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा व्यवस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण