शिक्षामन्त्री पुनको स्टाटस–सर्को तानेको बेला केही नलेखौँ
आइतबार, १६ कात्तिक २०८२, ०९ : ४६
सारांश
- शिक्षामन्त्री महावीर पुनले केही अभियन्ताहरूले सामाजिक सञ्जालमा गलत कुरा गरेको आरोप लगाए।
- काठमाडौँका मेयर बालेन साहले अश्लील शब्द प्रयोग गरेपछि मन्त्री पुनले यस्तो प्रतिक्रिया दिएका हुन्।
- मन्त्री पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गलत कुरा नगर्न आग्रह गरे।
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।'
गएराति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए । बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण