बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

के थियो बोलनले हटाएको स्टाटसमा ? किन भइरहेको छ विरोध ?

आइतबार, १६ कात्तिक २०८२, ०८ : २८
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा आपत्तिजनक स्टाटस लेखेका थिए।
  • उनले भारत, चीन र अमेरिकालाई अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए।
  • स्टाटसमा विभिन्न राजनीतिक दलको नाम उल्लेख गर्दै गाली गरेपछि उनको आलोचना भइरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । 

अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो । 

साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नाम नै उल्लेख गरेर उनले गाली गरेका थिए । 

पछिल्लो समय नयाँ दल खोल्ने कि रास्वपाबाट राजनीति गर्ने भन्ने दोधारमा रहेको चर्चाका बिच बालेनले रास्वपाको पनि नाम नै उल्लेख गरेर अश्लील गाली गरेपछि उनी रास्वपासँग पनि टाढिएको चर्चा छ । 

उक्त स्टाटसका कारण मेयर साह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप