विश्व भिगन दिवस मनाइयो
सारांश
- काठमाडौँको बौद्धमा विश्व भिगन दिवस मनाइयो, जहाँ कला प्रदर्शनी र साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो।
- कार्यक्रममा पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकारहरूको उपस्थिति रहेको थियो, जसले पशुक्रुरता कम गर्ने उद्देश्य राखेको थियो।
- प्रदर्शनीमा कलाकृतिहरू प्रदर्शन गरियो र शाकाहारी भोजनको अनुभव गराइयो, साथै 'आर्ट र एक्टिभिजम' शीर्षकमा प्यानल छलफल पनि भयो।
काठमाडौँ । काठमाडौँको बौद्धमा शनिवार विश्व भिगन दिवस मनाइएको छ । दिवसको अवसरमा सर्वप्राणी करुणा र शाकाहारको प्रवर्द्धनको उद्देश्यसाथ कला प्रदर्शनी र साङ्गीतिक कार्यक्रम गरिएको छ ।
नेपाल एनिमल सेभ नामक संस्थाले गरेको सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकार उपस्थिति थियो। विदेशी नागरिकहरूको पनि कार्यक्रममा सहभागिता देखिन्थ्यो।
माछामासु र दहीदुधमात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ। बढ्दो पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन बढाउने चेतावनी पछिल्लो समय वैज्ञानिकहरूले समेत दिएको सन्दर्भमा पशुक्रुरता समेत कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येकी एक शोभा भुजेलले बताइन्। खासगरी पश्चिमा जगतमा पछिल्लो समय दहीदुधमात्र नभई माछामासुमसेत नखाने अभियान बढ्दो छ।
बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित प्रदर्शनमा ४० भन्दा बढी कलाकृति (पेन्टिङ) प्रदर्शन गरिएका थिए, जसले पूर्ण शाकाहारका विभिन्न आयाम—पाल्तु र वन्य जनावरको दुःखदेखि लिएर मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावसम्म—चित्रण गरेका थिए। सबै कलाकृतिमा जनावर र पृथ्वीप्रति मानव सम्बन्धबारे आत्मचिन्तन, करुणा र संवादको आह्वान थियो। प्रदर्शनमा राखिएका चित्रहरूको कार्यक्रममै बढाबढमा बिक्रीसमेत गरिएको थियो। चित्रकला बेचेको रकम प्राणी कल्याणका लागि प्रयोग हुने बताइएको छ ।
संगीत, नृत्य, प्रस्तुति र शाकाहारसम्बन्धी प्रदर्शनीले कार्यक्रमलाई सिर्जनात्मक बनाएको थियो। लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय रेस्टुरेन्टका शाकाहारी खाद्य स्टलहरूले सहभागीहरूलाई स्वादिष्ट वनस्पतिजन्य भोजनको अनुभव दिएका थिए।
कार्यक्रममा 'आर्ट र एक्टिभिजम्' शीर्षकको प्रभावशाली प्यानल छलफल पनि चलाएको थियो, जहाँ विभिन्न खालका कलाक्षेत्र/मंच कसरी करुणा र जनावर अधिकार प्रवर्द्धनका माध्यम बन्न सक्छन् भन्नेबारे विचार-विमर्श भएको शाकाहारी अभियन्ता प्रकाश अजातले जानकारी दिए । यसका प्रमुख वक्त कृष्ण गुरुङले आफ्नो झन्डै तीन दशकको पूर्ण शाकाहारी यात्राबारे उल्लेख गरेका थिए ।
यसैगरी परम्परागत थाङ्का कलाकार रवि थापा, लेखक रघु आदित्य, दिपेश श्रेष्ठलगायतले शाकाहारको दर्शन र नैतिक जीवनशैलीको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण