परस्त्रीसँग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु, कारण खोतल्दै प्रहरी
सारांश
- बुटवलको एक होटलमा एक पुरुषको रहस्यमय मृत्यु भएको छ, प्रहरीले अनुसन्धान सुरु गरेको छ।
- मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ५६ वर्षीय सतिशकुमार क्षेत्री रहेका छन्, जो एक विवाहित महिलासँग होटलमा गएका थिए।
- प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुनेछ।
बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय ढंगले मृत्यु भएको छ । प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ ।
बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले क्षेत्रीको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिए । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै पठाइएको बताउँदै उनले त्यसको रिपोर्ट आएपछिमात्र मृत्युको कारणबारे थाहा हुने प्रस्ट पारे ।
‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न गाह्रै छ,’ उनले भने ।
प्रहरीका अनुसार शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय महिलासँग क्षेत्री सो होटलमा पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूका साथ दुई बच्चा पनि थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार होटलको फरक तलामा एक–एक वटा कोठा बुक गरे पनि उनीहरूले एउटै रुपमा मगाएर खाजा खाएका थिए । अचानक क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटलमा बसेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् । त्यसपछि क्षेत्रीलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण