स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन सुरु
सारांश
- काठमाडौँमा स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सुरु भयो, जसमा नीति नियम र अभ्यासबारे छलफल भयो।
- सम्मेलनमा स्मार्ट सहर निर्माण गर्दा पूर्वाधार, वातावरण र स्थानीय स्रोतको प्रयोगमा जोड दिइयो, साथै कार्यान्वयनमा जोड दिइयो।
- सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै सहर विकासका लागि सुझावहरू समेट्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता जनायो।
काठमाडौँ । स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरूले व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीति नियम र विभिन्न देशमा भएका अभ्यासका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट सहर निर्माण गर्दा आवश्यक पूर्वाधार, यातायात, वातावरण, प्रदूषणलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले स्मार्ट सिटीमा हावा, पानी, सौर्य ऊर्जालगायतलाई समेट्नुपर्ने धारणा राखे ।
सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले सरकारले सहरी नीति निर्माण गरी कार्यान्वयनतर्फ लागेको बताए । ‘जसरी योजना र नीति बन्छ, त्यसरी कार्यान्वयन नहुँदा समस्या भएको छ’, उनले भने । उनले सम्मेलनले दिएका सुझावलाई मन्त्रालयले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले यसअघि विना अध्ययन सहर निर्माण गरिएको बताउँदै आगामी दिनमा बन्ने स्मार्ट सहर निर्माणलाई यस्ता सम्मेलनबाट आएका सुझाव र प्रतिक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्मार्ट सहर निर्माण गर्ने उद्देश्यले विसं २०७४ मा प्राधिकरण स्थापना गरिएको उनको भनाइ थियो ।
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राडा लेखनाथ शर्माले स्मार्ट सहर निर्माण गर्दा पुराना कुरालाई नयाँ बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले सहरी नीतिलाई राम्रोसँग कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
पूर्वमन्त्री गणेश शाहले तीनै तहका जनप्रतिनिधिलाई स्मार्ट सहर निर्माणबारे चेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे । स्मार्ट सहर निर्माण गर्दा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग आवश्यक रहेको उनको भनाइ थियो ।
युएन ह्याविटेटका प्रतिनिधि प्रज्ञा प्रधान, डब्लुडब्लुएफका प्रतिनिधि डा.घनश्याम गुरुङलगायतले दिगो सहरी विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनीहरुले ‘पानी रिचार्ज सिस्टम’ स्मार्ट सहरको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
नेपाल पिएचडी एसोसिएसनका अध्यक्ष डा.सुनीलबाबु श्रेष्ठले नेपालमा पछिल्लो समय तीव्र रूपमा सहरीकरण हुँदै गएको भन्दै यसका लागि आवश्यक नीति र योजनाको खाँचो रहेको बताए । नेपालमा अहिले ५६ प्रतिशत मानिस सहरमा बसोबास गर्दै आएको उनको भनाइ थियो ।
एसोसिएसनका अध्यक्ष डा.श्रेष्ठले सहरी नीतिलाई केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म सबैले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले सात वटा बुँदामा रहेर दुई दिनसम्म चल्ने सम्मेलनबाट आएका सुझावलाई काठमाडौँ घोषणापत्रका रूपमा जारी गर्ने जानकारी दिए । काठमाडौँ घोषणापत्रलाई कार्यान्वयन गरिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण