निकोलस भुसाललाई जिल्ला प्रवेशमा रोक लगाउने युवा संघको चेतावनी
बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले डा. कमल भुसाल (निकोलस) लाई गृहजिल्ला रुपन्देही प्रवेश गर्न रोक लगाउने चेतावनी दिएको छ ।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्नेजस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघ रुपन्देहीले ले कारबाहीको माग गरेको हो ।
संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमामा रुपन्देही सैनामैना निवासी भुसाललाई प्रशासन कडा कारबाही नगरेसम्म जिल्ला प्रवेश रोक्ने निर्णय गरेको जनाइएको छ ।
भुसाल २०७९ साल निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी मैदानमा उत्रिने तयारी गरे पनि उनीविरुद्ध उजुरी परेपछि उम्मेदवार बन्नबाट वञ्चित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण