‘ट्याटु’ प्रदर्शनी सम्पन्न
सारांश
- काठमाडौंमा एक महिना लामो यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला सम्पन्न भयो।
- नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र हिमालयन ट्याटु समिटले संयुक्त रूपमा आयोजना गरेका थिए।
- कार्यशालामा नेपालसहित विभिन्न देशका कलाकारका कलाकृतिहरू प्रदर्शन गरिएका थिए।
काठमाडौँ । एक महिना अवधिको ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा आयोजित कार्यशालाको समापनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस कार्यशाला तथा प्रदर्शनीले प्रभावकारी सन्देश दिएको बताउँदै यससँग सम्बन्धित नेपालका रैथाने ज्ञान तथा कलालाई संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी तथा हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यक्रम उपलब्धिमूलक भएको बताए।
पृथ्वी श्रेष्ठ ‘क्युरेटर’ रहेको प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्वीजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका कलाकारका कलाकृति समावेश गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण