भूकम्पमा परेर अफगानिस्तानमा ८ जनाको मृत्यु
सोमबार, १७ कात्तिक २०८२, १० : ३९
काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् ।
उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानको मजार–ए–सरिफ नजिकको खोल्म क्षेत्रमा स्थानीय समयअनुसार राति १ बजे भूकम्प गएको थियो ।
जमिनबाट २८ किमी मुनि केन्द्रबिन्दु रहेको भूकम्पको झट्का ६ दशमलव ३ म्याग्निच्यूड मापन गरिएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस)ले भनेको छ ।
भूकम्पपछि अरेञ्ज अलर्ट जारी गरिएको थियो । अधिकांश घाइतेलाई ठुला भवनबाट खसेर चोटपटक लागेको बताइएको बाल्ख प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण