परेश रावलको दाबी : राष्ट्रिय पुरस्कारमा पनि ‘लबिङ’ हुन्छ, ओस्करमा झन् ठूलो नेटवर्क
सारांश
- बलिउड अभिनेता परेश रावलले फिल्म पुरस्कारहरूमा हुने लबिङबारे टिप्पणी गरेका छन्।
- उनले राष्ट्रिय पुरस्कारमा समेत लबिङ हुने र ओस्करमा पनि यसको प्रभाव हुने बताए।
- रावलले आफूलाई अवार्डको सट्टा निर्देशक र सहकर्मीबाट प्रशंसा चाहिएको बताए।
मुम्बई । बलिउडका दिग्गज अभिनेता परेश रावलले फिल्म पुरस्कारहरूमा हुने ‘लबिङ’ (पहुँच वा प्रभावको राजनीति) बारे ठूलो टिप्पणी गरेका छन्।
उनले राष्ट्रिय पुरस्कारजस्तो प्रतिष्ठित पुरस्कारमा समेत लबिङ हुने कुरा स्वीकार गरेका छन् भने विश्वकै प्रतिष्ठित अस्कर अवार्ड मा पनि लबिङको व्यापक भूमिका हुने बताएका छन्।
हालै रिलिज भएको आफ्नो फिल्म 'द ताज स्टोरी' लाई लिएर चर्चामा रहेका परेश रावलले राज शमनीसँगको पोडकास्टमा यस्तो खुलासा गरेका हुन्। फिल्म पुरस्कारहरूको विश्वसनीयता बारे बोल्दै परेश रावलले राष्ट्रिय पुरस्कारको प्रतिष्ठा कायम रहेको बताए पनि त्यसमा समेत लबिङको भूमिका हुने स्वीकार गरे।
परेश रावलले भने, ‘म एउटा कुरा भन्छु, राष्ट्रिय पुरस्कारमा पनि थोरै बहुत लबिङ हुन्छ होला। तर अन्य अवार्डमा जति हुन्छ, त्यति भने हुँदैन। बाँकी अवार्डको त कुरा गरे पनि फरक पर्दैन। राष्ट्रिय पुरस्कारको धेरै प्रतिष्ठा छ।’
अभिनेता रावलले लबिङ भारतमा मात्र सीमित नरहेको र यो विश्वव्यापी भएको बताए। उनले विश्वको सबैभन्दा प्रतिष्ठित मानिने अस्कर अवार्डमा समेत लबिङ हुने दाबी गरे। उनका अनुसार, अवार्ड प्रक्रिया धेरै हदसम्म प्रभाव र नेटवर्किङबाट प्रेरित हुन्छ। लबिङको प्रयास अन्तर्गत ठूला पार्टीहरूको आयोजना गरिने र एकेडेमीका सदस्यहरूलाई 'व्हिप अप' (प्रभावित) गरिने उनले बताए।
यी सबै कुराका बावजुद, परेश रावललाई कुनै खास अवार्ड जित्ने इच्छा छैन। उनले आफू कुनै अवार्डभन्दा पनि निर्देशक र आफ्ना रचनात्मक सहकर्मीहरूबाट सच्चा प्रशंसा र पहिचान चाहेको बताए। उनको चाहना त्यहीँ समाप्त हुने र त्यसभन्दा अगाडि केही नचाहने उनले स्पष्ट पारे।
स्मरणीय छ, परेश रावलले सन् १९९३ मा फिल्म ‘छोकरी’ र ‘सर’ का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितिसकेका छन्।
कामको कुरा गर्दा, परेश रावल हालै रिलिज भएको फिल्म ‘द ताज स्टोरी’ मा एक गाइडको भूमिकामा देखिएका छन्। यसबाहेक, उनी दीपावलीमा रिलिज भएको आयुष्मान खुराना र रश्मिका मन्दानाको फिल्म ‘थामा’ मा पनि आयुष्मानको पिताको महत्त्वपूर्ण भूमिकामा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण