अन्तरक्रिया
मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गर्ने एमाले महासचिवको दाबी
सोमबार, १७ कात्तिक २०८२, १४ : १९
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते काठमाडौंमा इतिहासकै ठूलो जनसभा गर्ने घोषणा गरेका छन्।
- पोखरेलले उक्त जनसभा मार्फत जनता कसको पक्षमा छन् भन्ने देखाउने दाबी गरेका छन्।
- पार्टीले देशभर जनभेला, जनर्याली र सभाहरू गर्दै मङ्सिर २७ गते काठमाडौंमा ठूलो जनसभा गर्ने योजना बनाएको छ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने दाबी गरेका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको दाबी गर्दै जनता कसको पक्षमा छन् भन्ने देखाउने बताए । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने, ‘मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ ।’
उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौँ–जनता कसको साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण