कांग्रेस मुख्यालयको गेटमा तालाबन्दी गर्ने युवाहरूले मागे पार्टी पदाधिकारीहरूको राजीनामा
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै कार्यवाहक सभापतिसहितका पदाधिकारीको राजीनामा माग गरिएको छ।
- ४० वर्ष मुनिका युवा कार्यकर्ताहरूले महामन्त्री गगन थापाले राजीनामा दिनुपर्ने माग गरेका छन् किनभने उनले क्रियाशील सदस्यता नवीकरणको काम गर्न सकेनन्।
- युवा नेताहरूले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न, युवाहरूको पार्टीमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न माग गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूले नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने कार्यवाहक सभापतिसहितका पदाधिकारीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।
मङ्सिरमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्न माग गर्दै आइतबार केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका ४० वर्ष मुनिका युवा कार्यकर्ताहरूले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम गर्न नसक्ने महामन्त्री गगन थापाले तत्काल राजीनामा दिन माग गरेको तालाबन्दी गर्ने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले जानकारी दिए ।
‘मङ्सिरमा नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने पदाधिकारी र क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि दिएको जिम्मेवारी पूरा नगर्ने महामन्त्री गगन थापाले राजीनामा दिनुपर्ने हाम्रो माग छ,’ रिमालले रातोपाटीसँग भने, ‘त्यो माग पूरा नहुँदासम्म तालाबन्दी खुल्दैन ।’
उनीहरूले १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ४० वर्ष मुनिका युवाहरूको पार्टीका हरेक निकायमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न, क्रियाशील सदस्यता वितरण एवं नवीकरणको प्रगति विवरण सार्वजनिक गरी पार्टीको वेबसाइटमा राख्नुपर्ने माग राखेका अर्का युवा नेता भुवन भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण