मिथिलाको भाषा र संस्कृतिको संरक्षणबिना राष्ट्रिय पहिचान अधुरो : महन्थ ठाकुर
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली बाहेकका भाषाहरू अझै पनि जागिरको भाषा बन्न नसकिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा साेमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भए पनि नेपाली बाहेकका भाषाहरूको विकास नहुनुको मूल कारण तिनलाई रोजगारी र सरकारी कामकाजको भाषा नबनाइनु रहेको बताए ।
‘मैथिलीसहित नेपालका अन्य भाषाले पनि यदि नेपाली भाषा सरह अवसर र मान्यता पाए भने ती भाषाहरूले द्रुत गतिमा विकास गर्न सक्छन्,’ ठाकुरले भने ।
उनले मैथिलीका महाकवि विद्यापतिको कृतित्वमाथि चर्चा गर्दै विद्यापति केवल मिथिलाको नभई सम्पूर्ण नेपालको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गरे ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संविधानमै देवनागरी लिपिमा लेखिने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउने ध्येय रहेपनि व्यवहारमा नेपाली भाषालाई मात्रै प्रयोगमा ल्याइएको बताए ।
उनले भाषा आयोगको सिफारिसका आधारमा अन्य भाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्न सकिने सम्भावना रहेको बताउँदै यस विषयमा आशावादी रहन आग्रह गरे ।
सो अवसरमा लोसपाका नेता परमेश्वर साह, प्रवक्ता डा. आभाष लाभ, विभिन्न साहित्यकार तथा स्थानीयहरूको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण