कार्तिक नाचको आठौँ दिन नरसिंह अवतारको कथा मञ्चन (तस्बिरहरू)
सारांश
- ललितपुरको पाटन दरबार क्षेत्रमा कार्तिक नाचको आठौँ दिनमा नरसिंह अवतारको कथा मञ्चन गरियो।
- कथामा हिरण्यकश्यपुको अत्याचार र विष्णु भक्त प्रह्लादको कथालाई देखाइएको थियो।
- अन्त्यमा, विष्णु नरसिंहको रूपमा प्रकट भई हिरण्यकश्यपुको वध गरेर धर्मको पुनर्स्थापना गर्नुहुन्छ।
ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कार्तिक डबलीमा प्रस्तुत कार्तिक नाचको आठौँ दिनमा ‘नरसिंह अवतार’को कथा जीवन्त रूपमा मञ्चन गरियो।
कथाअनुसार, जब विष्णुको वराह अवतारले हिरण्याक्षलाई वध गर्छन्, उसका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छ। ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ। हिरण्यकश्यपुको इच्छा थियो— न त उसलाई कुनै मानिसले, न जनावरले मार्न सकोस्, न दिनमा, न रातमा, न स्वर्गमा, न पृथ्वीमा, र न कुनै अस्त्र वा शस्त्रले उसलाई क्षति पुर्याउन सकोस्।
_Ab6QU7kOUt.jpg)
यो वरदानले उसलाई लगभग अमर बनायो, र ऊ अत्याचारी शासकमा परिणत भयो। विष्णुको पूजा बन्द गराउँदै, उसले आफ्नै राज्यमा अधर्म फैलायो। तर उसको छोरा प्रह्लाद विष्णुभक्त थियो, जसको भक्ति कुनै पनि यातनाले कम हुन सकेन। क्रोधित भएर हिरण्यकश्यपुले अन्ततः प्रह्लादलाई मार्न आदेश दिन्छ र उसलाई खम्बामा बाँधेर शिरच्छेद गर्न लगाउँछ।
_1SCDK00DnM.jpg)
त्यही क्षण खम्बाबाट विष्णु नरसिंहको रूपमा प्रकट हुन्छन् — न मानव, न जनावर। संध्याकालमा (न दिन न रात), आँगनको चौतारोमा (न घरभित्र न बाहिर), उनले हिरण्यकश्यपुलाई आफ्नो मुन्टामा राख्छन् (न पृथ्वीमा न आकाशमा) र आफ्ना नङ (न अस्त्र न शस्त्र) प्रयोग गरी उसको उदर च्यातेका हुन्। यसरी ब्रह्माको वरदान उल्लङ्घन नगरी विष्णुले अधर्मको अन्त्य गर्छन् र धर्मको पुनर्स्थापना गर्छन्।
_ADBsreUetb.jpg)
पाटन दरबार क्षेत्रको ऐतिहासिक वातावरणमा प्रस्तुत यो नाटकले नरसिंह अवतारको अद्भुत रूप, हिरण्यकश्यपुको अहङ्कार, र प्रह्लादको अटुट भक्ति कलात्मक रूपमा चित्रण गर्छ। यसले श्रद्धा, न्याय, र सत्यको विजयको सन्देश दिन्छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_Fxn2kBXsWR.jpg)
_MpCJhYDVIQ.jpg)
_9riiDZS3lL.jpg)
_uXWskSjfcJ.jpg)
_X4NLbhxtQL.jpg)
_mX0w02280c.jpg)
_ajcprCXEbp.jpg)
_gsbRamNYcq.jpg)
_cT173K3RMc.jpg)
_YJx8054NX5.jpg)
_RU49QHsL9y.jpg)
_j3lu7fAwNO.jpg)
_yo8X61a4Hp.jpg)
_qgvo9wAu3K.jpg)
_oVS225rqRM.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण