एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन हुने
मङ्गलबार, १८ कात्तिक २०८२, १३ : २१
सारांश
- जेनजी आन्दोलनका कारण स्थगित एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण कार्तिक २६ देखि पुनः सुरु हुने भएको छ।
- लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी खेलहरू काठमाडौंमा कार्तिक २६ देखि २९ गतेसम्म हुनेछन्।
- आयोजकका अनुसार लिगको मुख्य उद्देश्य महिला खेलाडी सशक्तीकरण, भलिबल प्रवर्द्धन र खेल समुदाय सुदृढ बनाउनु हो।
काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित अवस्थामा रहेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पुनः सञ्चालन हुने भएको छ। आयोजकले दिएको जानकारी अनुसार बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ गतेसम्म (नोभेम्बर १२ देखि १५) काठमाडौंमै हुनेछन्।
आयोजक समितिका अनुसार लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी खेलहरूका लागि तयारी तीव्र गतिमा भइरहेको छ। संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।
लिग आयोजकका अनुसार लिगको मुख्य उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन तथा नेपालको खेल समुदायलाई सुदृढ बनाउनु हो। सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामी सकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण