राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, काे कहाँ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ ।गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् ।
त्यस्तै, राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग मानिन्छ । विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए ।
नियमन विभागको नेतृत्व सम्हालेका गुरु प्रसाद पौडेललाई भने मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यसैगरी, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ ।
अब वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ। मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।
अन्य हेरफेरहरूमा, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयमा सारिएको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ ।
भर्खरै बढुवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापाले भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण