नेप्से परिसूचक २७.६४ अङ्कले घट्दा कारोबार रकममा पनि गिरावट
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको छ । सोमबार ८.२४ अङ्कले घटेको नेप्से परिसूचक मङ्गलबार पनि निरन्तरता पाएको हो ।
आज नेप्से परिसूचक २७.६४ अङ्क घटेर २५९५.२४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्कले घटेको छ ।
आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसरी हेर्दा आजको तुलनामा कारोबार रकम पनि घटेको छ ।
नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत , जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य भने १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण