एमालेमा २३ पन्ने अपानि जारी, संसद् विघटनले लोकतन्त्र विरोधी शक्ति उत्साहित भएको ठहर (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन(अपानि) जारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानिमा गत भदौ २३ र २४ को जेनजी आन्दोलनले निम्त्याएको विध्वंस र पार्टीको आसन्न ११ औँ महाधिवेशनमा बारेमा विस्तृत विश्लेषण गरिएको छ ।
अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि काम चलाऊ प्रधानमन्त्रीका रूपमा संसद् बैठकबाट संविधान संशोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ ।
‘प्रतिनिधिसभा विघटनले मुलुकलाई जनप्रतिनिधि बिहिन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तता सृजना गरेको छ ’ अपानिमा भनिएको छ ‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिलाई उत्साहित तुल्याएको छ ।’
एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ ।
एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ ।
अपानिमा जनाइए अनुसार यति ठुलो घटनाको छानबिनको जिम्मा राजनीति दल नेता लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्वीकार गर्ने जनाइएको छ ।
पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न पनि माग गरेको छ ।
‘अहिलेको आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड,आगजनी,विध्वंस मच्चाउने र राष्ट्र विरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरूलाई छाड्न सघाउने काम गरिरहेको छ ’ अपानिमा भनिएको छ ‘यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानबिन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिँदैन ।’
अपानिमा असोज २९–३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितिका कारण सचिवालयको बैठकले काठमाडौँ सारेको उल्लेख गरिएको छ ।
अपानिमा महाधिवेशनको उद्घाटन सत्रमा व्यापक रूपमा जनपरिचालन गर्ने योजना सहित महाधिवेशन काठमाडौँ मै गर्न लागिएको जनाइएको छ ।
अपानिमा महाधिवेशन प्रतिनिधि कुन क्षेत्रबाट कसरी छनौट गर्ने,त्यसका आधारहरू के के हुन्,पार्टी सदस्य सङ्ख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधिको सङ्ख्या यकिन गर्ने बिस्तारमा व्याख्या गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण