भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता
सारांश
- भोजपुरमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य भइरहेको छ।
- दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन्, जसले गर्दा कार्यालयको सेवा समय बढाइएको छ।
- कर्मचारी अभावका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको छ, तर नागरिकतासहित उपस्थित भएर नामावली दर्ता गर्न सकिनेछ।
भोजपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन् । सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार गरेको छ ।
शङ्खरका अनुसार, सेवाग्राहीको चाप बढे पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ । कार्यालयमा हाल छ जनाको दरबन्दीमध्ये चार जना मात्र कार्यरत छन् भने कम्प्युटर अपरेटरको पद रिक्त रहँदा झनै समस्या भएको कार्यालयको भनाइ छ ।
कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्रका साथ व्यक्तिगत रूपमा उपस्थित भई नामावली दर्ता गर्न सकिने जनाएको छ । साथै, सङ्कलनको क्रममा विगतका नामावलीमा भएका त्रुटि सच्याउने, नामावली ठाउँ सार्ने लगायतका कामहरू पनि भइरहेको छ । ठुला चाडपर्व सकिएकाले अब सेवाग्राहीको चाप अझ बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण