बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ममदानीको चुनावी अभियान नेपालका जेनजीहरूका लागि उपयोगी सन्दर्भ हुनसक्छ : बाबुराम भट्टराई

बुधबार, १९ कात्तिक २०८२, १० : ४५
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले न्यूयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानीको चुनावी अभियानलाई नेपालका युवाहरूका लागि महत्त्वपूर्ण भने।
  • भट्टराईले ममदानीको विजयलाई वैचारिक र राजनीतिक मुद्दाको जीतको रूपमा व्याख्या गरे।
  • उनले विचार र व्यक्तिको सम्मिश्रणबिना सही राजनीतिक नेतृत्व सम्भव नहुने बताए।

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कको मेयरमा निर्वाचित लोकतान्त्रिक समाजवादी विचारका युवा जोहरान ममदानीको चुनावी अभियानलाई नेपालका जेनजी युवा र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा लिनुपर्ने बताएका छन्।

डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ममदानीको विजयलाई वैचारिक र राजनीतिक मुद्दाको जीतको रूपमा व्याख्या गरेका छन्।

उनले लेखेका छन्, ‘अमेरिकाको सबभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक–राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ–सामाग्रीको रूपमा लिन जरूरी छ।’

डा। भट्टराईले कुनै पनि सही नेतृत्वका लागि विचार र व्यक्तिको सम्मिश्रण अपरिहार्य हुने तर्क गरेका छन्। उनले भनेका छन्, ‘विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन। विश्व इतिहासको अनुभवले यही भन्छ।’

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप