एकीकृत समाजवादीसँगको अध्याय सकियो : रामकुमारी झाँक्री
सारांश
- नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको यात्रा टुंगिएको बताइन्, पार्टी विघटन हुने भएपछि उनको यो भनाइ आएको हो।
- उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखिन्।
- माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबीच पार्टी एकता हुँदैछ, जसमा झाँक्री लगायतका नेताहरू एमाले प्रवेशको तयारीमा छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् ।
‘उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो । अहिले यो हाम्रो पजको अवस्था हो’, झाँक्रीको भनाइ छ । जेनजी आन्दोलनपछि नेपालका राजनीतिक दलहरूमाथि समेत प्रश्न उठेको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको झाँक्रीले जिकिर गरिन् ।
उनले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने ठोकुवा गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन् ।
झाँक्री लगायतका एकतामा नगएका नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण