एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान
बुधबार, १९ कात्तिक २०८२, १२ : ५९
सारांश
- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
- शेर्पालाई बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला अदालतले गरेको थियो।
- प्रहरीले शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो, फैसला कार्यान्वयनका लागि कारागार पठाइयो।
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई डिल्लीबजार कारागारमा थुनामा राख्न पठाइएको हो ।
शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । बहुविवाह मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको लागी उनलाई कारागार चलान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण