के छ नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ को विधानमा ?
सारांश
- बुधबारको पार्टी एकता घोषणा तथा राष्ट्रिय सम्मेलनमा नेता बेदुराम भुसालले पार्टीको विधानबारे जानकारी दिए।
- नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहने र मुलुकको कानुन र संविधान बमोजिम चल्ने छ।
- पार्टीले देश र जनताको सेवा गर्ने, जनआधारित हुने र समावेशी चरित्रको हुने जनाइएको छ, विधानमा २४ परिच्छेद, १२५ धारा र २० वटा अनुसूची छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत १० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’ रहेको छ । बुधबार भएको पार्टी एकता घोषणा तथा राष्ट्रिय सम्मेलनमा नेता बेदुराम भुसालले पार्टीको विधानबारे जानकारी गराएका हुन् ।
‘नवगठित पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । पार्टी सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता लक्ष्य वैज्ञानिक समाजवाद हो हुँदै साम्यवाद हो’, भुसालले विधानबारे चर्चा गर्दै भने, ‘हाम्रो पार्टी मुलुकको कानुन र संविधान बमोजिम चल्दै चुनावमा भाग लिने पार्टी भएकाले विधान बनाइएको छ ।’
त्यस्तै उनले नयाँ पार्टीले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी कानुन अनुसार काम गर्दै देश र जनताको सेवा गर्ने बताए । ‘पार्टीका लक्ष्य र उद्देश्य, सङ्गठनात्मक संरचना, कार्य सञ्चालन विधि । जनआधारित पार्टी हुने र समावेशी चरित्रका हुनेछन् । यसमा प्रस्तावना छ । २४ परिच्छेद छन् । १२५ धारा छन् र २० वटा अनुसूची रहेका छन्’, भुसालको भनाइ छ । सम्मेलनले विधान पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण