छत्रपाल आधारभूत विद्यालयमा आगलागी
सारांश
- हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयको दुई तले भवनमा आगलागी भएको छ।
- आगलागीबाट विद्यालयका सम्पूर्ण दस्तावेज, सोलार, ल्यापटप, डेस्कटप, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएका छन्।
- आगलागीको कारण नखुलेको र ढोकामा ताल्चा नलगाइएको पाइएकाले घटना शंकास्पद रहेको जनाइएको छ।
हुम्ला । यहाँको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा बुधबार (आज) राति ८ः०० बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए । कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उहाँले शिक्षक नन्द फडेराले बताए ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डल मात्र लागेकाले घटना शङ्कास्पद रहेको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण