राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
बिहीबार, २० कात्तिक २०८२, ०७ : ४१
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल दोहामा आयोजित सम्मेलनमा भाग लिई स्वदेश फर्किने भएका छन्।
- उनले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटवार्ता गरे।
- सम्मेलनमा गरिबी निवारण र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय कार्यक्रममा पनि उनले भाग लिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किने भएका छन् ।
राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए ।
सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि पौडेलले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण