न्युयोर्कका नवनिर्वाचित मेयरको म:म: मोह
बिहीबार, २० कात्तिक २०८२, ०९ : ३८
सारांश
- नवनिर्वाचित न्युयोर्कका मेयर जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मोमो खान गए।
- मेयर ममदानीले सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँगै लालीगुराँस बिस्ट्रोमा खाना खाए।
- जोहरान ममदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, दक्षिण एसियाली र अफ्रिकी मूलका व्यक्ति हुन्।
न्युयोर्क। अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा म:म: खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर-निर्वाचितको रूपमा पहिलो व्यस्त दिन: बिहानै अन्तर्वार्ताहरू, सङ्क्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैको बारेमा भोलि थप भन्नेछु। तर यसको एउटा उत्कृष्ट क्षण ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा मेरी कंग्रेसवुमन कर्टेजसँगको दिउँसोको खाना थियो।’

३४ वर्षीय मदानी मामदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण