गोकर्णेश्वरबाट लागुऔषधसहित युवक पक्राउ
बिहीबार, २० कात्तिक २०८२, १० : ५९
सारांश
- गोकर्णेश्वरबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय पेम्बा तामाङ रहेको खुलेको छ।
- प्रहरीले तामाङको साथबाट ५४ पिस फेनारगन, डाइजेपाम र नुर्फिन बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले लागुऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको रानीचुरी गाउँपालिका–३ घर भएर गोकर्णेश्वरस्थित बेशिगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङ छन् ।
बुधवार पक्राउ परेका तामाङको साथबाट प्रहरीले ५४ पिस फेनारगन, ५४ पिस डाइजेपाम र ५४ पिस नुर्फिन बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण