बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एन्फा मुख्यालयको गेटमा मेडल झुण्डाएर फर्किए खेलाडी, तस्बिरहरू
प्रदर्शन

एन्फा मुख्यालयको गेटमा मेडल झुण्डाएर फर्किए खेलाडी, तस्बिरहरू

बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष ए डिभिजन लिग नगर्ने निर्णय गरेपछि आक्रोशित फुटबल खेलाडीहरूले आफूले जितेका मेडलहरू एन्फा मुख्यालयको गेटमा झुण्डाएर फिर्ता गरेका छन्।

player protest (1)

बिहीबार बिहान एन्फा मुख्यालयको गेटमा करिब दुई घण्टा प्रदर्शन गरेका खेलाडीहरूले ए डिभिजन लिगको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले लामो समयदेखि लिग आयोजनाको माग गर्दै आए पनि आज एन्फा प्रवेश गर्न समेत पाएनन्।

player protest (2)

एन्फा सचिवालय र ए डिभिजन क्लबहरूबिच सोमबार अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन लिग गर्ने सहमति भएको थियो। यस वर्ष लिग नगर्ने र तीन वर्षअघिको ए डिभिजन लिगका शीर्ष ६ टोली तथा प्रेसिडेन्ट लिगका ४ टोली गरी १० टोलीबिच मात्र राष्ट्रिय लिग गराउने पछिल्लो सहमतिपछि खेलाडीहरू सडकमै उत्रिएर आन्दोलनमा आएका हुन्।

राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइज, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। यस निर्णयले बाँकी आठ ए डिभिजन क्लबको भने प्रतिनिधित्व हुनेछैन, जसले गर्दा खेलाडीहरूले खेल्न पाउने अवसर गुमेको भन्दै विरोध जनाएका हुन्।

player protest (3)player protest (4)player protest (5)player protest (6)player protest (7)player protest (8)player protest (9)player protest (10)player protest (11)player protest (12)player protest (13)player protest (14)player protest (15)player protest (16)player protest (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया