प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
सारांश
- २० औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली पुरुष कबड्डी टोली प्रशिक्षणका लागि भारतको हरियाणा जाँदैछ।
- खेलाडीहरूले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछन् र त्यसपछि थाइल्यान्ड जाने कार्यक्रम छ।
- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापाले टोलीलाई बिदाइ गरेका छन्।
काठमाडौँ । जापानमा हुने २० औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ। प्रशिक्षणका लागि टोली हरियाणा जान लागेको हो।
प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूमा घनश्याम रोका मगर, अङ्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अङ्कु, रवि र करुण पहिले नै भारतमै प्रशिक्षणमा रहेका छन्। घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू उतैबाट टोलीमा समावेश हुनेछन्।
टोलीको मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली रहेका छन्। व्यवस्थापक ओली भने केही दिनपछि मात्र भारत जानेछन्।
खेलाडीहरूले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछन्। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिएका छन्।
‘यदि चाइनिज ताइपेई पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ,’ तयारीबारे स्पष्ट पार्दै महासचिव झाले भने, ‘त्यहाँ हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुन्छ। ताइपेई थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिनेछौँ। भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्छौँ।’
नेपाली टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जानेछ। एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ सहभागिता हुनेछ। यसअघि पुरुष टोलीले सन् १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाइसकेको छ।
नेपाली महिला कबड्डी टोलीले पनि २० औँ एसियाली खेलकुदमा सहभागिता जनाउनेछ। महिला टोलीको यो दोस्रो सहभागिता हो। चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको महिला टोलीले ऐतिहासिक काँस्य पदक जितेको थियो।
भारत जान लागेको पुरुष टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबिच बिदाइ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण