शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सडकमा खेलाडी : विश्वकप चार वर्षमा आउँछ, ए डिभिजन लिग कति वर्षमा ?
प्रदर्शन

सडकमा खेलाडी : विश्वकप चार वर्षमा आउँछ, ए डिभिजन लिग कति वर्षमा ?

बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबिच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि राष्ट्रिय फुटबल खेलाडीहरू विरोधमा उत्रिएका छन्।

football players protest (1)

बिहीबार बिहानै खेलाडीहरूले एन्फा मुख्यालयको गेटमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। मुख्यालयको गेट बन्द गरिएपछि उनीहरू प्रवेश नपाई गेटमै बसेर विरोध गरिरहेका छन्।

football players protest (2)

लिगका विभिन्न क्लबहरूसँग आबद्ध खेलाडीहरूले ‘विश्वकप ४ वर्षमा आउँछ। ए-डिभिजन कति वर्षमा?’ र ‘वेक अप एन्फा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

football players protest (18)

यसअघि, खेलाडी संघले बुधवार एक विज्ञप्ति निकाल्दै लगातार दुई वर्षदेखि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न एन्फासँग आग्रह गरे पनि आफ्नो शालीनतालाई बेवास्ता गरिएको बताएको छ। संघले भनेको छ, ‘हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौँ। पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प रहेन।’

football players protest (3)

एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिहरूबिच सोमबार अर्को वर्षदेखि मात्र 'होम एन्ड अवे'को आधारमा ए डिभिजन लिग गर्ने सहमति भएको थियो। एन्फाको पछिल्लो सहमतिअनुसार, ए डिभिजन लिगको शीर्ष ६ टोली र हाल जारी एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी जम्मा १० टोलीबिच मात्र राष्ट्रिय लिग गराइनेछ।

football players protest (4)

यो राष्ट्रिय लिगमा गत संस्करणका च्याम्पियन चर्च ब्वाइज, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। यस सहमतिले बाँकी आठ ए डिभिजन क्लबको भने प्रतिनिधित्व हुनेछैन।

football players protest (5)football players protest (6)football players protest (7)football players protest (8)football players protest (9)football players protest (10)football players protest (11)football players protest (12)football players protest (13)football players protest (14)football players protest (15)football players protest (16)football players protest (17)football players protest (19)football players protest (20)

football player protest (1)football player protest (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया