सुमनाको प्रस्ताव : वैकल्पिक राजनीतिको नेतृत्व ‘नेताहरूको परिषद्’ बाट
सारांश
- पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालको राजनीतिक अवस्थामा सामूहिक नेतृत्वको आवश्यकता औँल्याइन्।
- उनले पुराना दलहरू सुध्रिएर निकास दिने आशा राख्नु मूर्खता भएको बताइन्, र परिवर्तन ल्याउने शक्तिहरू नेतृत्वको विवादमा छन्।
- श्रेष्ठले सामूहिक नेतृत्वको अवधारणामा जान र जनताको मुद्दामा केन्द्रित हुन सुझाव दिइन्, मध्यमार्गी बाटो रोज्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालको वर्तमान राजनीतिक अवस्थामा सामूहिक नेतृत्वको आवश्यकता औँल्याएकी छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने बुझाइ सबैमा रहे पनि पुराना दलहरू सुध्रिएर निकास दिने आशा राख्नु मूर्खता भएको बताएकी हुन्।
श्रेष्ठले लेखेकी छन्, ‘पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू अहिले चुनावी समीकरण मिलाउनका लागि एकजुट हुँदै छन्।’ यसको विपरीत, परिवर्तन ल्याउने भनिएका शक्तिहरू भने नेतृत्व कसले लिने भन्ने विवादका कारण अझै छिन्नभिन्न रहेको उनको विश्लेषण छ।
यस्तो अवस्थामा, उनले परिवर्तनको अपेक्षा राख्ने हरेक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देखेकी छन्। उनले निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिने सुझाव दिँदै प्रश्न गरेकी छन्: ‘पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् (काउन्सिल अफ लिडर्स) बनाए कस्तो होला?’
उनले कुनै एक नायकको अनुहार अगाडि राख्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिने कुरामा जोड दिएकी छन्।
पूर्वमन्त्री श्रेष्ठको भनाइ छ, ‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार हो।’ उनले जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण