९ दिनदेखि आन्दोलनमै कटहरियाका करार र ज्यालादारी कर्मचारी
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीहरूको आन्दोलन ९ दिनदेखि जारी छ ।
तलब–भत्ता भुक्तानीको माग गर्दै उनीहरू निरन्तर आन्दोलनमा छन् । बिहीबार असन्तुष्ट कर्मचारीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
कर्मचारीहरूले “पीडित कर्मचारीलाई दुःख दिन पाइँदैन”, “असक्षम मेयर राजीनामा देऊ”, “करार कर्मचारीलाई हेप्न पाइँदैन” जस्ता नारा लगाउँदै नगरपालिका र वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।
वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी भएपछि नागरिक सेवा पूर्णरूपमा ठप्प भएको छ ।
नागरिकता सिफारिस, राजस्व सङ्कलन, प्रमाणपत्र सिफारिसजस्ता अत्यावश्यक काम रोकिँदा स्थानीय भने समस्यामा परेका छन् ।
“तलब र भत्ता तत्काल भुक्तानी गरियोस्”
कर्मचारीहरूले लामो समयदेखि नियमित रूपमा काम गरे पनि तलब–भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण