‘हामीलाई गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहिएको छ’
काठमाडौँ । जेनजी आन्दोलनकी अभियन्ता तथा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नभई काम र परिणाम चाहिएको बताएकी छन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले नागरिक सरकारको पक्षमा रहेको तर खबरदारी निरन्तर रहने स्पष्ट पारेकी हुन् ।
बमको यो अभिव्यक्ति विशेषगरी ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री अर्यालप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेपछि आएको हो। गुरुङले भ्रष्टाचार र हत्यारालाई कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री अर्यालको आलोचना गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अभियन्ता बमले भनेकी छन्, ‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ । गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ ।’
जेनजी आन्दोलनले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आएको छ ।
बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले भदौ २३ र २४ गतेको जेनजी विद्रोहलाई संस्थागत गर्ने र राज्यसँगको सम्झौताका लागि एजेन्डाहरू एकीकरण गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण