संसद् पुनर्स्थापना नै राजनीतिक स्थायित्वको एक मात्र विकल्प हो – रघुवीर महासेठ
बिहीबार, २० कात्तिक २०८२, २१ : १७
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले देशमा शान्ति, स्थायित्व र सुशासन कायम गर्न संसद पुनर्स्थापना नै एक मात्र विकल्प भएको बताएका छन् ।
धनुषा जिल्ला कमिटीद्वारा आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता सेठले वर्तमान राजनीतिक जटिलताको समाधान संसद् पुनःस्थापनाबाट मात्र सम्भव हुने स्पष्ट पारे । उनले एमाले सधैँ लोकतन्त्रको संरक्षण र जनताको हितका लागि जिम्मेवार भूमिकामा रहँदै आएको दाबी गरे ।
कार्यक्रम एमाले धनुषाका अध्यक्ष भोला यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतो, केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले
-
अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु
-
बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण