किसानलाई अनुदानमा गहुँको बीउ
शुक्रबार, २१ कात्तिक २०८२, ०० : ३७
सारांश
- तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ।
- यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गरिनेछ।
- किसानलाई गौतम, विजय र वाणगङ्गा जातका बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराइनेछ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।
उनका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ । जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो । किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उनको भनाइ छ ।
उनका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रुपैयाँ पर्न जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण