बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब फिल्मको पर्दामा 'माइकल ज्याक्सन'

शुक्रबार, २१ कात्तिक २०८२, ०९ : ३७
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • माइकल ज्याक्सनको जीवनीमा आधारित फिल्म 'माइकल' को टिजर सार्वजनिक भएको छ, जसमा जाफर ज्याक्सनले माइकलको भूमिका निभाएका छन्।
  • फिल्ममा कोलम्यान डोमिङ्गो, निया लङ र माइल्स टेलर लगायतका कलाकारको अभिनय रहेको छ, र यसको निर्देशन एन्टोनी फुक्वाले गरेका हुन्।
  • २०२६ अप्रिल २४ मा रिलिज हुने फिल्मले माइकल ज्याक्सनको जीवनका विभिन्न पक्षहरूलाई उजागर गर्नेछ, जसमा उनको प्रसिद्ध प्रस्तुतिहरू समावेश छन्।

एजेन्सी । दिवङ्गत पप स्टार तथा विश्वकै प्रख्यात नर्तकहरूमध्ये एक माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’ निर्माण भएको छ । फिल्मको टिजर बिहीबार सार्वजनिक भएको छ । टिजरमा उनको भूमिका जाफर ज्याक्सनले निभाएका छन् । जाफर ज्याक्सन, माइकल ज्याक्सनका भतिजा हुन् । यस बायोपिकमा कोलम्यान डोमिङ्गो, निया लङ र माइल्स टेलर जस्ता कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

एक मिनेट लामो टिजरमा माइकल ज्याक्सनको झलक देख्न पाइन्छ । क्विन्स जोन्स रेकर्डिङ स्टुडियोमा माइकल ज्याक्सनका साथ छन् । टिजरमा माइकल ज्याक्सनको पूरै जीवनका विभिन्न पाटालाई देखाइएको छ । माइकल ज्याक्सनकै जीवनीमा आधारित फिल्म ‘माइकल’ को निर्देशन एन्टोनी फुक्वाले गरेका हुन् । यसका लेखक जोन लोगन हुन् ।

टिजरमा देखाइएको छ कि माइकल ज्याक्सनको भूमिकामा जाफर ज्याक्सन स्टेजमा उत्कृष्ट नृत्य गर्छन् । उनले मानिसहरूसँग माइकल ज्याक्सनकै आवाजमा कुरा गर्छन् । जाफरको अभिनय हेरेर कयौँ पटक लाग्छ कि उनी माइकल ज्याक्सन नै हुन् ।

फिल्म ‘माइकल’ले संसारकै उत्कृष्ट कलाकारहरूमध्ये एक माइकल ज्याक्सनको जीवनका नखुलेका पाटालाई देखाउनेछ । फिल्मले कसरी माइकल ज्याक्सन यति महान कलाकार बने भन्ने कुरा बताउनेछ । दर्शकहरूले अपेक्षा गर्न सक्छन् कि यसमा माइकल ज्याक्सनका सबैभन्दा प्रसिद्ध प्रस्तुतिहरूको झलक देखिनेछ । फिल्म सन् २०२६ अप्रिल २४ मा सिनेमा घरहरूमा रिलिज हुदैछ । 

टिजर हेरेर धेरै फ्यान/प्रशंसकहरू छक्क परेका छन् । उनीहरूले भिडियोमा टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस ट्रेलरलाई ओस्कर मिल्नुपर्छ ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘जाफरलाई आफ्ना काकाको भूमिका निभाएको देखेर म खुसी छु । यस फिल्मबाट मलाई धेरै अपेक्षा छ ।’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘जाफर ठ्याक्कै आफ्ना काकाजस्तै बोल्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप