एलन मस्कले पाउने भए १० खर्ब डलर तलब प्याकेज
सारांश
- टेस्लाका शेयरधनीहरूले सीईओ एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज स्वीकृत गरेका छन्।
- कम्पनीको वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधनीले प्याकेजको पक्षमा मतदान गरेका थिए।
- यो तलब पाउन मस्कले टेस्लाको बजार मूल्य बढाउनेलगायतका लक्ष्यहरू पूरा गर्नुपर्नेछ।
वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज दिने योजना स्वीकृत गरेका छन् ।
बिहीबार बसेको कम्पनीको वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधनीले यो प्याकेजको पक्षमा मतदान गरेका थिए । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो तलब प्याकेज हो । मस्क यस अघि नै विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।
विगत केही दिनदेखि कम्पनीको सञ्चालक समिति, मस्क र खुद्रा लगानीकर्ताहरूले मस्कको तलब प्याकेजलाई १० खर्ब डलर पुर्याउन अभियान चलाइएको थियो । यो तलब प्याकेज पाउन मस्कले टेस्लाको बजार मूल्य बढाउने, सुस्ताएको कार विक्रीलाई बढाउनु पर्ने, रोबोट्याक्सी र अप्टिमस रोबोटिक्समा निश्चित लक्ष्यहरू पूरा गर्नुपर्नेछ ।
यति ठुलो तलब भुक्तानीको आलोचना भइरहेको थियो । तर सञ्चालक समितिले भने योजना पारित नभए मस्कले कम्पनी छाड्न सक्ने र यो कम्पनीको लागि निकै महँगो हुने तर्क दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण